मानबहादुर खत्री
खोटाङ । परिचय : नेपाल एक अनुपम सुन्दर शान्त र विकासोन्मुख देश हो । परापूर्व कालदेखि नै नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्छ । आजसम्म अधिक नेपालीहरुको जीवन पद्दति खेतीमा नै भर परेको छ । अरु पेशा व्यापार, होटल व्यवसाय र बैदेशिक रोजगारले केहि हदसम्म धानेतापनि खेतिपातीलाई नेपालको प्रमुख अर्थतन्त्रको रुपमा लिने गरेको छ ।
गत डिसेम्बर महिनामा चीनको बुहान प्रान्तबाट फैलिएको विश्व महामारी रोगको कारण अहिले विश्व धेरै आक्रान्त छ र उत्तिकै भयवित पनि छ । यो विश्वभरि फैलिएको घातक माहामारीले अहिले सबै देशको अर्थातन्त्रलाई नराम्ररी ओरालोतर्फ धकेलेको छ । नेपाल पनि यो माहामारीबाट अछुतो रहन सकेन ।
अहिलेसम्मको तथ्यांक हेर्दा यो रोगले नेपालमा १०७ जनाको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या २६ हजार बढि पुगी सकेको छ । यसले धेरै मात्रामा समस्या र हरेकको दिनहुँको रोजीरोटी खोस्नुको साथै देशको अर्थतन्त्रमा नकारात्मक असर पारेको कुरा छर्लंग छ्र । अहिले हाम्रो भूमिका भनेको देशले जारी गरेको लक्डाउनको पालना गर्नु, आफूलाई सुरक्षित राख्नु अनि राष्ट्रको भूमिका भनेको देश र जनता बचाउनेतिर लाग्नु हो ।
अबका भावी दिनहरुमा देशले के कस्तो रणनीति ल्याउने देशको विकास र समृद्दिमा कसरी छलांग मार्ने अनि कसरी देशलाई विकसित र स्वावलम्बी बनाउनेतर्फ सोच्नु पर्छ । अब अरु देशको भर परेर, रेमिटेन्समा मात्र आधारित भएर, देशका होनाहार दक्ष र दरिला पाखुरा मुग्लान पठाएर देशको विकास र समृद्धि हुँदैन । अबका दिनमा हरेक देशको रणनीति परिवर्तन हुन सक्छ, बैदेशिक रोजगार र आवागमन सुन्य हुन् सक्छ ।
काल्पनिक, भ्रामक, असम्भव, सुन्यमा महल बनाउने किसिमका र अतिरन्जित र महत्वाकांक्षी योजनाको सपना बाँड्नुभन्दा नेपालको बनोट, हावापानी, मौसम, भौगोलिक अवस्था, जीबनशैली, आयस्रोत, माटो, राजनीतिक गतिशिलता, सम्भाव्यता अनि साकार हुन् सक्ने किसिमको सपना भनेको, मात्र अब हरित क्रान्ति वा कृषि क्रान्ति मात्र हो । पद्दतिको विकास, जनसहभागिता, यथार्थ धरातलीय अनि जनमैत्री विकास भनेको अब यहि मात्र हो । निम्न कारण र सूचकहरुलाई मध्ये नजर गर्दा यो उपयोगी र समय सापेक्ष हुनेछ ।
वर्तमान मौज्जुद अवस्था :
– पाँच किसिमको हावापानी भएको सुरम्य अनि अनुपम देश ।
–जलस्रोत को धनी देश ।
–प्राकृतिक स्रोत साधनको धनी देश ।
– प्रचुर बनस्पति र जडीबुटि भएको देश ।
– जैविक विविधता भएको देश ।
– स्रोत साधन र मानव संशाधन, दक्ष जनशक्ति अनि क्षेत्र बिशेष विज्ञ भएको देश ।
– सबै किसिमको जलबायु, माटो, मौसम र पर्यावरण भएको देश ।
– हालसम्म पनि पारिस्थितिक प्रणाली खलबल नभएको देश ।
– उर्बर र सबै किसिमका खेति तथा बनस्पतिलाईलाई उपयूक्त हुने माटो उपलब्ध भएको ।
–ऋतु परिवर्तन भैरहने तथा विविध मनसुनी हावापानी भएको भू–बनोट ।
सम्भाव्यता :
हरित क्रान्तिको लागि नेपालमा धेरै सम्भाबनाहरु रहेको र उक्त सम्भावनाहरुलाई वास्तविक कार्यान्वयन गर्न सकेमा नेपालमा कृषि क्रान्ति सजिलै, छिटो र सहज रुपमा गर्न सकिने कुरामा दुईमत छैन ।
– स्थान, समय र मौसम अनुसारको व्यवसायिक तरकारी खेती ।
– फलफूल खेती (अमिलो जात, किबी, एभोकाडो, अनार, ड्रागन फल)
– आधुनिक र ब्यबसायमूखी खेती प्रणाली ।
– माछा पालन, पशुपालन, बंगुर पालन, बाख्रा पालन,कुखुरा पालन ।
– नगदे बाली (कफी, चिया, अलैची, अम्लिसो,अदुवा,बेसार उखु ।)
– जडीबुटी खेती र प्रसोधन, अल्लो खेती ।
–घरेलु तथा साना उधोग (बिस्कुट,थुक्पा,पाउरोटी,डुनट,चिप्स, साबुन,जाम,सस,कागज )
– हस्तकला (काष्ठ कला,बेत बासका सामग्री सिलाइ कटाइ, बुनाइ काठे मिल)
–प्राविधिक कार्य (मेसन,कारपेंट्री ,हाउस वायरिंग,प्लंबिंग,स्काफोल्डिङग,मिस्त्री)
– होटल, होम्सटे तथा पर्यटन व्यवसाय
स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारको भूमिका :
– वित्तीय सहयोग, ऋण र अनुदान ।
– जोखिम न्यूनीकरणको लागि वीमाको व्यवस्था ।
– हरेक क्षेत्रमा सहकारी पशलको स्थापना, फसल सङ्कलन, भण्डारण तथा बिक्री वितरणको व्यवस्था ।
– यातायात ,बजार ब्यबस्थापन तथा आबश्यक तालिम र सहजीकरण ।
–माटो परिक्षण,भूगोल ,उचाई र जलबायुको प्रभावको अध्ययन ्र
– विज्ञबाट सिफारिस गरिएका बिउ बिजन, मलखाद, किट नासक औषधिको सर्बसुलभ उपलब्धता ।
(पकेट क्षेत्र ,जोन र स्पेशल क्षेत्र घोषणा र सहुलियत
–बिचौलियाको सुन्य उपस्थिति र कमिसन को अन्त्य ।
– पर्यावरण मैत्री, दिगो विकास लक्षित ,समाजबाद उन्मुख, रोजगारमूलक र सामाजिक न्यायमा आधारित व्यवसायलाई प्राथमिकिकरण गर्ने ।
(लगानी, सहजीकरण, व्यवस्थापनलाई निरन्तरता दिदैं चुस्तदुरुस्त अनुगमन र निरीक्षण गरि पुरस्कार र दण्ड को व्यवस्था गर्ने ।
नागरिक दायित्व :
– सरकारको नीति निर्देशन को अक्षरस पालना गर्ने ।
– बढी कर तिर्नुमा गर्ब गर्ने ।
– पेशा र आस्थाप्रति बफादार र सकारात्मक हुने ।
– भाईचाराको सबन्ध कायम गरि आपसी सरसहयोग लिने दिने ।
– सबै किसिमका पेशाको सम्मान गर्ने ।
– सरकार नै हामि हौ ,हामीले नगरे कसले गर्छ’ भन्ने भावनाको कदर गर्ने ।
उपसंहार :
वास्तावमा हामी नेपाली जनताहरु अहिले नै पूर्ण विकसित, विज्ञान, सूचना र प्रविधिमा अग्रगामी छलांग चाहेका छैनांै र चाहदैनौ पनि हामी तमाम नेपाली दाजुभाई दिदीबहिनीहरुको साझा माग भनेको अब्राहम मास्लोको आवश्यकताको पिरामिड झैँ आधारभूत आवश्यकताहरुको सहज पूर्ति भएपछि मात्र अतिरिक्त आवश्यकताको चाहना हो ।
सबै तहका सरकारले माथि वर्णित तथ्यहरुलाई गम्भीर रुपमा लिएर, बेरोजगारको विल्ला भिरेर वर्षेनी निरास हुँदै मुग्लान पस्न बाध्य भएका सम्पूर्ण कर्मठ र कर्मयोगी अनि जागरिला र बलिया पाखुराहरुलाई यहि देशमै रहन सक्ने वातावरणको सिर्जना गर्न आवश्यक छ ।
रोजगार, स्वावलंवन र आम्दानीको स्रोत यहि छ, केवल दृढ इच्छाशक्ति तत्परता र संकल्प मात्र आवश्यक छ । यदि इमान्दारिता, कार्यक्षमता, लगनशीलता, पद्दतिको विकास, भ्रष्टाचारमा सुन्य सहनशीलता अनि सबैतिर मौलाएको दादागिरी, कमिसन तन्त्रको अन्त्य गर्न सक्दा यहि नुन फल्छ, सुन फल्छ अनि ऊन पनि यहि फल्छ । स्वेत मुद्राको खानी यहि छ ।
बिदेशी मुद्रा तान्ने लहरो यहि छ अनि नाका बाट भित्रिने करोडौ रेमिटेन्स यहि छ । अबको मार्ग भनेको बाझिएका सुन्दर र फराकिला फाटहरु, पाखापखेराहरु, उजाडिएका ती सुन्दर बस्तीहरु, फेरी रंगिन हुन् आवश्यक छ । तिनीहरुको आङ्गमा बस्त्र पहिरिन आवश्यक छ अनि बाझिएका खोरियाहरु ले मुहार फेर्नु पर्छ र ती पराइ भएका पाखुराहरु फर्किनु पर्छ अनि पसिना यहीको माटोमा पोख्नु पर्छ अनि मात्र समृद्द देशको कल्पना साकार हुन्छ । (लेखक खत्री खोटेहाङ गाउँपालिका–७ खोटाङजारका स्थानीय हुन् ।)