शुक्रवार, भाद्र २६ गते २०८३

हेंक परिवारको दिक्तेल भ्रमण

हेंक परिवारको दिक्तेल भ्रमण

रोदिक खबर

२, मंसिर २०८२
  • 5.8K
    SHARES
  • हेंक परिवारको दिक्तेल भ्रमण

    तीर्थराज भट्टराई

    नेदरल्याण्डको एक विश्वविद्यालयले सन् २०१८ मा हेंक जन क्नोल (Henk Jan Knol) की जेठी छोरी लोटे क्नोल ( Loote KNOL ) लाई मेडिकल इन्टर्नसिपका लागि नेपाल पठायो। भक्तपुर नगरकोट र त्यस क्रममा सोलुखुम्बु लगायतका जिल्लामा तीन महिनाको अध्ययन भ्रमणले उनलाई चिकित्सा ज्ञान मात्र होइन नेपाल र नेपाली जीवनशैलीप्रतिको गहिरो माया र संवेदना पनि दियो वहाँले नेपालको भूगोल, मानवीय चेतना र विकासको अवस्था आफ्ना वुवा हेंक जन क्नोललाई सुनाइन्।

    छोरीको मर्मस्पर्शी कुरा सुनेपछि हेंकलाई नेपाल आउन प्रेरित गर्‍यो। छोरीको आग्रहपछि हेंक केहि दिनको लागि नेपाल आए ।धुलिखेल, भक्तपुर, सोलुखुम्बु र अन्य जिल्लाको भ्रमणपछि हेंकले आफ्नो रगत र पसिनाबाट कमाएको केही रकम नेपालमा खर्च गर्ने अठोट गरे। नेदरल्याण्ड फर्केपछि उनले Social Development Nepal -The Nederland (SDN) स्थापना गरे ।

    IMG-20251118-WA0015.jpgनेपालको भक्तपुर निवासी राम बुढाथोकी अध्यक्ष रहेको उक्त संस्थाले पारदर्शि ऱ्डंगले सकृयता बढायो। सोलुखुम्बुको जुनवेसी माविमा चार करोडको लागतमा भवन निर्माण गरे । तर स्थानीय किचलोका कारण हालसम्म हस्तान्तरण र उद्घाटन हुन सकेको छैन।

    कार्तिक २८ गते २०८२ मा हेंक (५९), पत्नी टिनिका (५९), माईली छोरी मार्टिन (२८) र कान्छी छोरी फ्लेर (२६) सहित परिवार दिक्तेल आइपुगे। उनीहरूको यात्रा केवल भ्रमण मात्र होइन स्थानीय वास्तविकता र विकास परियोजनाको प्रत्यक्ष अवलोकन पनि थियो। दिक्तेल, सोल्मा, नेर्पा, लफ्याग र खाल्ले गाउका विभिन्न ठाउॅ पुगे ।

    टाउॅठाउमा झोलुङ्गे पुल र सानो बाटोमा पैदल यात्रा गर्दा उनीहरूले पिडादायी तर अनुभवजन्य वास्तविकता महसुस गरे। सडकको असहजता, चिसो हावा, धुलो र पहाडी बाटोमा हिँड्नुपर्ने चुनौतीले दिक्तेलका गाउँ–गाउँको कठिन जीवन बुझ्न मद्दत गर्‍यो।

    खानपान र जीवनशैलीको भिन्नताले पनि उनिहरूलाई समस्या भयो । हेंक परिवारको उद्देश्य स्पष्ट थियो-स्थानीय नागरिकलाई स्वरोजगार र सीप विकासमार्फत सक्षम बनाउने। उनीहरू कुनै लोभ, स्वार्थ वा प्रचारमा थिएनन् ।

    IMG-20251118-WA0018.jpgकेवल नेपाली माटो र जनताको भलाइमा समर्पित थिए। बिभिन्न करिब ३२ देसमा आईटी कम्पनीका लगानीकर्तामालिक हेंक सूक्ष्म ढंगले विषयवस्तु अध्ययन गर्ने स्वभावका रहेछन् । टिनिकाको लगाव र सक्रियता थप प्रेरक थियो।माइली लजालु तर विश्लेषणमा गहिरो, फ्लेभर स्पष्ट र आत्मविश्वासी स्वभावकी मेरो नीजि बुझाई रह्यो ।

    मैले सुनेको थिएं युरोपमा १८ वर्ष पछि सन्तानप्रति अभिभावकीय प्रेम न्यूनहुन्छ । आफैं खुट्टामा उभिनु पर्छ । उक्त भनाइलाई हेंकले दिक्तेलमा छोरीप्रति देखाएको प्रेम र चुनौति दियो । छोरीलाई जाडो नलागोस् भन्दै आफुले लगाएको ज्याकेट खोलेर छोरीलाई लगाइदिएको दृश्यले मलाई नतमस्तक बनायो ।

    पितृमायाको सर्वोत्तम उदाहरण भावनात्मक रूप प्रकट गर्नु आफैंमा अनुकरणीय थियो । हाम्रो देशमा विदेशी सहयोगलाई कहिलेकाहीँ शंका वा नकारात्मक दृष्टिले हेरिन्छ।

    कतिपय मानिसले स्वार्थबाट प्रेरित सहयोग पनि गरेका होलान् । तर हेंक परिवारको सहयोग आर्थिकभन्दा बढी मानवीय करुणा, भावनात्मक प्रेरणा र स्थायी विकासको दृष्टिले प्रेरित छ ।

    दिक्तेल रूपाकोट मझुवागढी नरपालिकामा SDN र CNF को सहकार्यमा बाँस र कफी विकास परियोजना सञ्चालन भइरहेको छ।

    विगतमा गरिएको लगानी, प्रभाव र औचित्यको विश्लेषण हेंक परिवारले प्रत्यक्ष अवलोकनबाट गरे। कठिन कच्ची सडक, असहज उकालो- ओह्रालो र पैदल यात्रा बीच पसिनाले पक्कै पनि उहॅाहरूको दिक्तेलको माटोसँग प्रेम र निष्ठा जोडिएको छ ।

    ६ महिना अघि दिक्तेल आएकी टिनिकाले आफ्नो परिवारलाई पुनः दिक्तेलसँग जोडेर लगाव र प्रतिबद्धता पुष्टि गरिन्। आगामी वैशाख ३ गते २०८३ मा टिमसहित पुनः भ्रमण गर्ने योजना पनि बनाइएको छ । यसले पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र वातावरणीय साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने छ।

    IMG-20251118-WA0024.jpgदिक्तेलको प्राकृतिक सौन्दर्यता, बाँस र जैविक विविधता, भूक्षय नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणका दृष्टिले बाँसको महत्व, स्थानीय रोजगारीको सम्भावना यी सबै विषयमा मेरो हेंक परिवारसँग विस्तृत पारिवारिक संवाद भयो।फ्लेभरले भनिन्- “दिक्तेल त अपार स्थानीय स्रोत र साधन भएको ठाउॅ रहेछ। प्रकृतिले आफैं बोल्छ।”

    मार्टिनले थपिन् - “गाउँका युवाहरूको मेहनत नै दिक्तेलको वास्तविक शक्ति हो। यही सरल र आपसी सहकार्यमा विकास मोडेल टिक्नुपर्छ।”

    हेंकले समर्थन गर्दै भने दिक्तेलले परम्परागत आफ्नो पहिचान गुमाउनु हुँदैन। आधुनिक उपकरणको प्रयोग गरेर जीवन्तता दिन सके यस ठाउॅमा चॅाडै समृद्धि छाउॅछ ।

    दिक्तेलका युवा व्यवसायीसॅगको खुला संवाद यात्रा अत्यन्त महत्वपूर्ण रह्यो । स्थानीयले जिज्ञासा राखे सर दिक्तेलको विकास कता मोडिन सक्छ ? हामीलाई सहयोग कसरी गर्न सक्नुहुन्छ ? हेंक र टेनिकाले मुस्कुराउॅदै अन्तर संवाद गरे ।

    निचोड निकाल्दै उत्तर दिए- तपाईंहरूको आत्मनिर्भरता नै दिक्तेलको सबैभन्दा ठूलो पूँजी हो। हामी केवल सहयोद्धा मात्रै हो । तपॅाईको मेहनत, परिश्रम र कार्ययोजनालाई हामी टेवादिन चाहन्छौं ।

    अर्को कृषकले उत्साहित हुँदै थपे -गुनासो र आशा मात्र होइन हामी निर्माण गर्ने पुस्ता बन्ने सोचले हामी समर्पित छौं ।

    हाम्रो बुझाईमा वातावरण, पर्यटन, कफी-बाँसको समुच्त प्रयोग र व्यवस्थापन नै दिक्तेलको भविष्य हुन् । हेंकले थपे- “If Diktel gets a fair chance, the world will come here to learn.” ।

    हेंक परिवारको व्यवहार, पारदर्शिता र साझा दृष्टिकोणले दिक्तेलसँग भावनात्मक र व्यावहारिक सम्बन्ध स्थापित भयो। ३० कार्तिकमा रमणीय स्थल मुडेबाट हामी भौतिक रूपमा छुट्टियौँ । तर दिमाग र मन भने दिक्तेलको उज्यालो भविष्य, साझेदारी र स्थायी विकासका लागि सधैं एकै दिशामा उन्मुख छन् ।

    परिवारका चार सदस्य र मैले फोटो खिच्यौं । हेंकले गला मिलाएर साथमा छौं भन्दै मेरो मुटुमा आफ्नु मुटु जोडे । दुई दिनको मिलन वर्षौंसम्म याद आउने गरी स्थापित भयो ।

    दिक्तेलको माटो प्रति हेंक परिवारको लगाव तथा मानवीयता, SDN–CNF को पारदर्शी साझेदारी, बाँस र कफी विकास परियोजना, पैदल यात्रा र स्थानीय साथीको अनुभवले दिक्तेललाई अन्तर्राष्ट्रिय मैत्री, सहकार्य र दिगो विकासको नयाँ पहिचान दिने छ भन्ने विश्वासमा म पूर्ण रूपमा आशावादी छु।

    हामीले फेरी भेट्ने वाचा सहित विदाईको हात हल्लायौं । मनि सर र सरोज सर सहित उहॅाहरूलाई गाडी चालक द्वय भुवन र सुशीलले गाडिमा सररर लिएर अघि बढ्नुभयो ।

    प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - ०८:१६:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको