जैविक शास्त्रिहरुको मतानुसार वयस्क पुरुष र महिलाको शारीरिक समागमबाट डिम्ब अनि ओभमको मिलन भई उपयुक्त समयको अन्तरालपछि विभिन्न चरणहरु पार गर्दै मानव जन्म हुन्छ ।
जव मानवको जन्म हुन्छ यो एक प्राकृतिक र जैविक प्रक्रिया हो । जन्मपछि संस्कार अनुसार उसका धेरै कर्महरु गरिन्छ । जस्तैः न्वारन, छेवर, चुडाकर्म, विवाह लगायत अन्य विभिन्न क्रियाकलाप हँुदै अन्तेष्टि, त्यसपछि पनि उसको पुण्य तिथिमा अरु श्रद्दा अनि स्मरण लगायतका थुप्रै कार्यहरु गरिन्छ ।
यो प्रक्रिया जन्म एक अनि कर्म अनेक सग सम्वन्धित छ । प्रसंग यहाँ कोरोना भाइरस (कोभिड १९ ) सँग एक किसिमको तुलना गरिएको छ,चीनको बुहान प्रान्तमा जन्म भएर आज विश्वको अधिकांश देश र शहरहरुमा विचरण गर्दै सम्पूर्ण मानिसहरुमा एक किसिमको सन्त्रास अनि त्राहिमाम बनि आतंक मच्चाइरहेको यस कोरोना भाइरसको बारेमा विज्ञ तथा अन्य विषय सँग सम्वन्धित जानकारहरुले आफ्नै आफ्नै तरिकाले सुझबुझ अनुसार अर्थ लगाउदै अनि बयान गर्दै आइरहेका छन् ।
उता विश्व स्वास्थ्य संगठनले महामारीको रुप लिन सक्न्ने, भुसको आगो झैँ सल्किन सक्ने, सचेतीकरण अपनाउने अनि बन्दाबन्दी गर्ने भनेर हरेक दिन उच्च स्वरमा वकालत गरिरहेको छ भने अमेरिका लगायत केही पुजीवादी देशहरुले देशको अर्थतन्त्र खस्कन नदिनको लागि लकडाउनको अवज्ञा अनि मास्कको प्रयोगमा बन्द नै गरिरहेका छन ।
अरु केही अल्पविकसित अनि विकासोन्मुख देशहरु नत अवज्ञा गर्ने हैसियतमा छन् नत आधुनिक सेवा सुविधाबाट सुसम्पन्न छन् अनि ‘ठुटे गहुँ लिडे जौ जसो जसो भन्छन उसै लौ’ भनेर त्राही त्राही बनेर बस्न वाध्य छन । अहिले यहि रोगले आक्रान्त विश्व विभिन्न प्रक्रियाबाट यसको उन्मुलनको लागि अहोरात्र लागि परेको कुरा पनि खबरहरुले बताउँछन् ।
मास्क, स्यानीटाईजर, पीपीई, क्वारेन्टिन, आइसोलेसन जस्ता विविध उपायहरु अवलम्बन गर्दै विश्व डटेर जुधिरहेको छ । अर्कातर्फ यो संक्रमण दिन दुई गुणा अनि रात चौगुना भएर फैलिएको छ्र यसले व्यक्ति समाज राष्ट्र हँुदै अन्तरराष्ट्रिय परिवेशमा उत्तिकै आतंक मच्चाउदै एक छत्र राज गर्दै आउदै छ । यसका बारेमा विभिन्न किसिमबाट टिकाटिप्पणी अनि छलफल बहस अनि थोरै यथार्थ अनि धेरै अनर्गल पर्चाबाजीहरु पनि भएका छन् ।
विश्व स्वास्थ्य संगठनले यो एक किसिमको घातक भाइरस संक्रमण हो यसको अहिलेसम्म कुनै खोप पत्ता लागेको छैन अनि सामाजिक दुरी कायम गर्दै बन्दाबन्दी गर्नु नै यसको एक मात्र उपाय हो भनेर आम रुपमा प्रचारप्रसार गर्दैछ ।
यस भाइरसको नामबाट अरु धेरै असामाजिक गतिविधि भएका छन्, कसैको अर्थतन्त्र अकस्मात आकासिन पुगेको छ भने धेरै जसोको अपुरणीय किसिमले भासिएको छ, कोही रातारात बनिएका छन् भने धेरै बिग्रेका पनि छन् । अर्कातर्फ केही स्वास्थ्यकर्मी तथा सरुवा रोग तथा माहामारी बिशेषज्ञहरु यो त्यस्तो कडा भाइरस होइन, केही समयको अन्तरालमा आफै निष्क्रिय भएर जाने कुरा वकालत गर्दै सर्वसाधारणहरुलाई ढाडस दिदै आउदै पनि छन् ।
अहिलेसम्मको अवस्थाको विश्लेषण गर्दा यो त्यति महामारी तथा घातक भाइरस होइन कि भन्ने कुरा पनि अड्कल काट्न सकिन्छ किन भने यसको हालसम्म कुनै खोप नै पत्ता नलागेको अनि धेरै मानिसहरु यसलाई जितेर सकुसल फर्किएको समाचार तथा घटना हाम्रो वरिपरी आइरहेका पनि छन ।
केही विज्ञहरु यो कमजोर भाइरस हो अनि आफूमा रहेको रोग प्रतिरोधात्मक शक्तिबाट नै यसको हार हुन सक्ने कुरा गरिरहेका पनि छन् अनि हाम्रो सर्वसाधारण अनि ग्रास लेभलको अनुभूति अनि सुनाइ तथा भोगाई र विश्लेषण सुन्दा यो अन्य घातक भाइरसहरु जस्तैः बर्ड फ्लू, स्वाइन फ्लु, जापानिज फ्लु, हेपाटाइटिस, एड्स, क्यान्सर तथा क्षयरोग जस्तो मृत्यु दर उच्च भएको घातक रोग होइन होला जस्तो लाग्न सक्छ र यो यथार्थ पनि हो ।
हालसम्म यसको कुनै खोप पत्ता नलागेको र संक्रमित व्यक्तिहरु सामान्य उपचार र सावधानबाट नै यसलाई जितेर फर्किनु आस लाग्दो कुरा बास्तबिक मान्नु पर्दछ ।
केही विश्लेषक तथा विज्ञहरुको विश्लेषणबाट यो भन्न सकिने अवस्था छ कि एउटा क्षयरोग लागेको व्यक्ति यदि हस्पिटल भर्ना भएमा नत सामाजिक दुरी, नत सानीटाईजर, पिपीई, क्वारेन्टाइन तथा आइसोलेसन केहीको पनि चर्चा हुँदैन तर यसको बारेमा धेरै कुराको सावधानी अनि सतर्कता गरिन्छ जबकी कोरोना भाइरस को भन्दा क्षयरोगको मृत्युदर बढी भएको कुरा बताइएको छ ्र यो भाइरसको सुरुवाती समयदेखि हालसम्म अन्य रोगहरु जस्तै क्षयरोग, हेपाटाइटिस, क्यान्सर, एड्स, यौन रोग, दुर्घटना, कालगति तथा आत्महत्याबाट कति मानिसहरुको मृत्यु भयो अनि त्यसको किन लेखाजोखा भएन तर यो रोगको दिनहुँ अपडेट गरिन्छ, नेपालका समाचारलाई आधार मान्दा कोरोना भाइरसबाट भन्दा ३४ गुणा बढी आत्महत्याबाट मानिसको मृत्यु भएको कुरा लेखिएको छ अझ बाढी पहिरो अनि अन्य कारणबाट कतिको मृत्यु भयो त्यसको कुनै अड्कल छैन ।
अर्का तर्फ यो भाइरसबाट संक्रमित व्यक्तिहरुलाई गरिने दुव्र्यवहार, अपहेलना, अभाव, भोकमरी तथा अपमान र तिरस्कार लगायत अन्य आर्थिक, मनोवैज्ञानिक, सामाजिक र शारीरिक कारणबाट मानिसहरु आत्महत्या गर्न बाध्य भएको कुरा विभिन्न पत्रपत्रिका तथा विश्लेषणबाट छर्ल∙ भएको छ । फेरि यो भाइरसबाट मृत्युवरण गर्नेहरु पनि उमेर पाका, दीर्घ रोगी, मृगौला डायलाइसिस गरिरहेका, मुटु रोगी अन्य रोगगरुबाट ग्रसित, औषधिको दीर्घ सेवन जस्ता व्यक्तिहरुको मात्रा बढी भएको कुरा मेडियामा आएको यथार्थता लाई नकार्न मिल्दैन ।
अनावश्यक र लामो समयसम्म मास्क प्रयोग गरि रहनाले शुद्ध अक्सिजन प्रवाह हुन् नसक्दा मुटु तथा फोक्सो सँग सम्वन्धित रोग लाग्न सक्ने कुराहरु पनि विज्ञहरु बताउछन । धुवा धुलो अनि भिडभाडमा मात्र अनि थोरै समय मात्र यसको प्रयोग उचित हुन्छ ।
अन्य देशहरुको संक्रमण तथा नेपालीहरुको संक्रमण अनि रोग माथिको विजयलाई हेर्दा नेपालको सन्दर्भ अलि आसा लाग्दो नै देखियो किनकि संक्रमण कम अनि रोगमाथिको विजय अलि बढी र सकारात्मक नै देखिएको छ ।
यसबाट यो कुराको अड्कल गर्न सकिन्छ कि नेपालको हावापानी, आहारविहार, रहनसहन, शारीरिक क्षमता रोग प्रतिरोधात्मक बल अनि उनीहरुले गर्ने शारीरिक श्रम जस्ता कुराले ठूलो भूमिका खेल्ने कुराको अन्दाज गर्न सकिन्छ । स्वस्थ्य वातावरण, जैविक खाना, फास्ट फुडको कम प्रयोग अनि औषधि जन्य खानपिन जस्तै दुध, महि, दहि, गुन्द्रुक, बेसार, अदुवा, मरिच, मेथी, ज्वानो, लसुन, प्याज हर्रो, बर्रो, अमला, गुर्जो, चिराइतो, बोझो आदि धुवाधुलो हिलोमा अभ्यस्त, वर्षा तथा चिसोको वास्ता नगरी काम गर्ने वानी, सानातिना रोग तथा एलर्जीलाई घरेलु उपचार विधिवाट निको पार्ने पद्दति आदि सवल पक्ष हुन ।
यि सम्पूर्ण उदाहरण अनि वास्तविकताबाट हामी धेरै हदसम्म सुरक्षित अनि सक्षम छौ हामीले अनावश्यक डर, त्रास अनि मानसिक भयबाट बिचलित नभई कसैलाई दुव्र्यवहार नगरी मनोबलमा कुनै स्खलन हुन् नदिई सामाजिक दुरी कायाम गर्दै घरेलु औषधीय गुण भएका जडिबुटीहरुको प्रयोग गरि जैविक खान्कीबाट रोग प्रतिरोधात्मक क्षमता बढाएर यो भाइरसलाई परास्त गर्न सकिन्छ भन्ने कुरामा हामी ढुक्क हुन् सकिन्छ । (लेखक खत्री सरस्वती मा.वि. साकेला गाउँपालिका–५,मात्तिम खोटाङका शिक्षक हुन् ।