हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको कोरोना आज सबै जसो मुलुकमा फैलिएको छ । आनुवशिँक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात विषाणुको एउटा समुहलाई वैज्ञानिकहरुले कोरोना भाइरस नामाकरण गरेका छन् ।
भाइरसको बाह्य रुप किरीट अर्थात श्रीपेज जस्तै भएकाले अंग्रेजीमा उक्त नाम दिइएको हो । यसलाई नेपालीमा किटिटाकार विषाणु वा किरीट पनि भनिन्छ । यसलाई भाइरस समुहमा राखिएको छ भने यस भाइरसको वैज्ञानिक नाम सास –कोभ–२ (Sars-cov-2) हो ।
सङ्क्र्रमणबाट हुने यस रोगलाई कोभिड–१९ भनिन्छ । कोरोना भाइरस श्वास प्रश्वासको माध्यमबाट सर्ने रोग रोग हो । यो संङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।
कोरोना भाइरसको सामान्य लक्षण भनेको ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, थकान महशुष हुनु हो भने त्यसैगरी दुखाई र पीडा महुशुुष हुनु, घाटी दुख्नु, पखाला लाग्नु, टाउको दुखाई हुनु र यसका गम्भीर लक्षणहरु सास फेर्न कठिनाई छातीको दुखाई एवम छातीमा दवाव पर्नु र निमोनिया हुनु हो, यो रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने मानिसहरु यस रोगबाट बढी पीडित/प्रभावित भएको पाइएको छ ।
यसको रोकथाम एवम नियन्त्रण गर्नका लागि आम नागरिकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सरकारको, कर्मचारी सयन्त्र, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सेना शिक्षक कोरोना विरुद्धका लडाइमा अग्रमोर्चामा रहेर सरकारलाई सहयोग गरी आफ्नो जिम्मेवारी पूरा गरी आफनो दायित्व पूरा गरिरहेका छन् ।
कोरोना भाइरस महामारी सन २०१९ को अन्त्यतिर चीनको वुहान प्रान्त नजिकै पशुपन्क्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको हो, उक्त भाइरस केही महिनामै विश्वभरी फैलियो र यसलाई २३ जनवरी २०२० मा विश्व स्वास्थ्य संगठनले अन्र्तराष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गर्यो ।
सुरुवाती दिनहरुमा चीनमा मात्रै सीमित यो महामारी केही महिना पछि अष्ट्रलिया, कयानडा, जापान, सिँगापुर हुँदै विश्वभरी फैलिने क्रम जारी रहेको छ । सङ्क्रमितको संख्या ह्वातै बढेर गएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार विश्वमा साँढे दुई करोड जनसंख्या यस रोगबाट सङ्क्रमित भएका छन् भने झन्डै साढे आठ लाख जनसंख्याले यसै रोगबाट ज्यान गुमाईसकेका छन । त्यसैगरी एक करोड पचहत्तर लाख भन्दा बढी मानिस कोरोनालाई जितेर घर फर्किसकेका छन् ।
विश्वमा अमेरिका, ब्राजिल, भारत, रसिया, पेरु, मेक्सिको र युरोपका देशहरु धेरै प्रभावित हुने मुलुकको सूचीमा अग्रपंक्तिमा छन निकै शक्तिशाली सम्पन्न एवम स्वाथ्य सेवामा अब्बल भनिएका मुलुकहरु कोरोनाका कहरको चपेटाबाट बाहिर निस्कनका लागि सम्पूर्ण सामाथ्र्य प्रयोग गरिरहेका छन् तर अहिलेसम्म असफल नै रहेका छन् । त्यसैले यदाकदा कोरोना भाइरस मानव जातिको लागि तेस्रो विश्वयुद्ध सरह भएको समेत भन्ने गरिएको छ ।
नेपाल पनि यस महामारीबाट बच्न÷अछुत्तो रहन सकेन । पहिलो पटक २०७६ माघ १० गते चीनको वुहान क्षेत्रमा पढ्न गएका एक नेपाली विद्यार्थीमा उक्त भाइरसको सङ्क्रमण भेटिएको हो भने पछिल्लो मिति सम्म झन्डै चालीस हजार मानिस सङ्क्रमित भएका छन भने साढे दुई सय मानिसले यस रोगको संक्रमणबाट मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसैगरी झण्डै एक्काइस हजार जनसंख्या यस रोगलाई जितेर घर फर्किसकेका छन । काठ्माडौ लगायत भारतसँगै सीमाना जोडिएका तराईका जिल्लाहरुमा यस रोगको सङ्क्रमण दर उच्च रहेको छ ।
हालसम्म कोरोना भाइरसको औषधि पता लागि नसकेकाले यसको नियन्त्रण कहिले र कसरी होला भनेर संसार नै अन्योलमा छ । यो भाइरसको फैलावट रोक्न मानिसहरुमा हुने सम्पर्क रोक्नु र हिड्डुललाई नियन्त्रण गर्नु मूख्य उपायको रुपमा लिएको छ, त्यसैले संसारका सबैजसो देशहरुले लकडाउन घोषणा गरी सेल्फ क्वारेन्टाइन अर्थात एकान्त वासमा बस्नुपर्ने नियम लागु गरेका छन् । यस भाइरसको प्रकोपले विश्व नै थिलथिलो पारेको छ ।
बजार, व्यापार, पर्यटन, उद्योग, विद्यालय आज बन्द भएका छन भने राष्ट्रको अर्थतन्त्र उक्सिनै नसक्ने गरी थला परेको छ । आर्थिक वृद्धिदर ऋणात्मक रहेको छ, देशको सम्पूर्ण साधानस्रोत कोरोना विरुद्ध प्रयोग गर्नु परेको छ । मानव स्रोत बन्द कोठाभित्र सीमित हुनु परिरहेको अवस्था छ । नेपाल पनि यस्तै अवस्थामा गुज्रीरहेको छ ।
लामो समयको लकडाउन र निशेधाज्ञाले हाम्रो राष्ट्रका आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पारिरहेको छ र यसको प्रभाव कति सम्म पुग्छ, कहिलेसम्म पुग्छ अहिलेसम्म अनुमान गर्न सकिने अवस्था छैन् ।
कोरोना रोकथाम तथा सामाजिक आर्थिक र साँस्कृतिक जीवनमा पार्ने प्रभावलाई न्यूनिकरण गर्ने एवम पूनः पहिलेकै वातावरण निर्माण गरी राज्यको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पूरा गर्नु कर्मचारीको लागि चुनौतीको रुपमा रहेको छ ।
राज्य व्यवस्था सञ्चालन गर्ने शिलशिलामा सरकारका नीति तथा कार्यक्रम निर्माणमा आवश्यक तथ्य सूचना उपलब्ध गराउने ड्राफट निर्माण, नागरिकमा सूचना सम्प्रेषण गर्न र त्यस्ता नीति तथा कार्यक्रमलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने जनहीत कल्याण, जनउन्नती र विकासका लागि दैनिक विकासात्मक र आकस्मिक कार्यहरु गर्न अनवरत रुपमा खटिरहने, स्थायी प्रकृतिको संयन्त्र हो जून सिंहदरबारदेखि वडास्तरसम्म फैलिएर अहोरात्र जनसेवामा तल्लिन छ ।
निजामति कर्मचारी, स्थानीय कर्मचारी, स्वास्थ्य कर्मचारी, नेपाली सेना, प्रहरी, शिक्षक सबैको आ–आफ्नै भूमिका रहेको छ । कोरोना नियन्त्रणमा फ्रन्टलाइनमा बसेर स्वास्थ्यकर्मीले आफनो जीउ ज्यान नै नभनी मृत्यूसँग कति पनि नडराई दिनरात नभनी बिरामीको उपचार सेवामा खटिरहेका छन भने लकडाउनको पूर्ण कार्यान्वयन एवम सुरक्षाको प्रत्याभूति गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिरहेका छन ।
क्वारेन्टाइन निमार्ण, व्यवस्थापन, राहत वितरण, सार्वजनिक सेवा प्रवाह गर्न कर्मचारीहरुले आफनो जोखिम नै मोलेर काम गरिरहेका छन, संक्रमितबाट सङक्रमण भएर मृत्यु भएको लासको व्यवस्थापन अत्यावश्यक सेवाप्रवाह सीमा सुरक्षा सम्बन्धी जिम्मेवारी पूरा गरिरहेको अवस्था छ ।
कर्मचारी सबैले सर्वप्रथम आफू स्वस्थ्य रहनु पर्दछ । सरकारले घोषणा गरेको लकडाउन एव निशेधाज्ञा पूर्ण रुपले कार्यान्वयन गर्न सहयोग गर्नुपर्दछ । स्वास्थ्यकर्मीले आफनो पेशागत दायित्व पूरा गर्न फ्रन्टलाइनमा बसेर आफनो स्वास्थ्यलाई जोखिममा राखेर खटिरहेका स्वास्थयकर्मीले आफनो भोक, प्यास, थकान नमानिकन स्वास्थ्य सेवामा खटिरहनुपर्ने र यस्तो महामारीको समयमा स्वास्थ्यकर्मी भनेको सधै भगवानको भूमिकामा रहेका हुन्छन् ।
हाम्रो देशमा स्वास्थ्य कर्मचारी प्रशस्त मात्रामा नभएको अवस्थामा भएको जनशक्तिले नै देशकोरोना विरुद्धको युद्धमा विजय हासिल गर्नुपर्ने अवस्थामा छ । स्वास्थ्य सम्वन्धी मापदण्ड अवलम्वन गरेर समाजमा कोरोना लक्षण एवम यसको रोकथामको उपाय बारेमा प्रचारप्रसार गर्न सबै नागरिक सचेत राख्नको लागि सही सूचना प्रवाह गर्ने सम्मको जिम्मेवारी स्वास्थ्य कर्मचारीले पूरा गर्नु पर्ने देखिन्छ । जीउज्यानलाई जोखिममा राखेर भएपनि स्वास्थ्य सेवा प्रदान गरेर यस्तो महामारीमा राज्यलाई सेवा प्रदान गर्नु स्वास्थ्यकर्मीको पेशागत दायित्व हो ।
सरकारले घोषणा एव लकडाउन एव निशेधाज्ञा फ्रन्ट लाइनमा बसेर पूर्ण रुपमा कार्यान्वयन गराउन, क्वारेन्टाइन निर्माण एव संरक्षण गर्नु, राहत वितरणमा सहयोग, सीमा सुरक्षा एव निगरानी, संक्रमणबाट मृत्यु भएका लासको व्यवस्थापनका साथै आकस्मिक कार्यमा सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको कोरोना नियन्त्रण र रोकथाममा महत्वपूर्ण भूमिका रहन्छ ।
त्यसै गरी नागरिकमा जनचेतनाको विस्तार अत्यावश्यक वस्तु खरिद एवम ढुवानी सयन्त्रको रहेको छ । शान्ति सुरक्षाको प्रत्याभूति गर्नु, समाजमा अमनचयन कायम गराउन, सुरक्षाकर्मीको जिम्मेवारी हो । कर्मचारी समाजको वौद्धिक वर्ग हो आफू सचेत रहेर आफ्नो कार्यलाई निरन्तरता दिनु पर्दछ ।
ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफुलाई ज्वरो र खोकी लागेको छ भने अरु व्यक्तिबाट टाढा रहने र माक्सको उचित प्रयोग गर्ने, खोक्दा वा हाछ्यु गर्दा नाक, मुख टिस्यु पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई विर्को भएको फोहोर फाल्ने भाडामा विसर्जन गर्ने र साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेन्ड हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने, भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने आदि कार्य गर्ने गराउने ।
यी माथि उल्लेख भएका कोरोना भाइरसबाट बच्ने उपायहरु कर्मचारी स्वयमले पूर्ण पालना गर्नुको साथै अन्य साथीभाइ, घरपरिवार, समाज, सेवाग्राहीलाई पनि पालना गर्न अनुरोध गर्ने, कार्यालयमा सेवा प्रवाह गर्दा सामाजिक दुरी कायम गरी आफुपनि सुरक्षित र सेवाग्राही पनि सुरक्षित रहने तरिकाले सेवा प्रवाह गर्ने ।
स्थायी सरकार भनेको चिनिने कर्मचारी सयन्त्रको यस्तो महामारीमा यो कोरोना विरुद्धको लडाइमा मुख्य भूमिका हुन्छ । केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारलाई कोरोनाबाट पर्ने असर र प्रभावबाट सथ्यतथ्य जानकारी गराउने र यसको नियन्त्रण र रोकथामको लागि उपयुक्त नीति निर्माण, प्रभावकारी योजना गर्न सहयोग गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्न सहयोग गर्ने ।
यस कोरोना महामारीबाट सिर्जित सामाजिक, आर्थिक, साँस्कृतिक क्षेत्रमा भएको क्षति एव प्रभावलाई न्यूनिकरण गर्न तथा पूननिर्माण गर्नका लागि उपयुक्त नीति स्पष्ट कार्यदिशा एव आगामी कार्यक्रमको खाका निर्माण गरी कार्यान्वयन लागु गर्दै कोरोना विरुद्धको सँघर्षमा सरकारलाई सहयोग गर्ने दायित्व कर्मचारीको हातमा छ ।
सार्वजनिक सेवा वितरणमा निरन्तरताको सिद्धान्त छ यसलाई कोभिड–१९ ले खतरामा ल्याइदिएको छ । तथापि यसको सेवा प्रदान गर्ने तरिकालाई अनुकुल गर्ने र पूनः खतरामा ल्याइदिएको छ । तथापि यसको सेवा प्रदान गर्ने तरिकालाई अनुकुल गर्ने र पूनः समायोजित गर्न दृत गतिमा काम गर्नुपर्ने देखिन्छ, जसले गर्दा व्यतिm र समुदायमा महामारीको नकरात्मक प्रभावलाई कम गर्न सकियोस त्यसैले कर्मचारीले कुशल भइ नविनतम प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई अनलाइन प्रविधिबाट प्रवाह गर्नुपर्ने देखिन्छ ।
अनलाइनबाट सेवा प्रवाह गर्न असम्भव देखिएका सेवाहरुलाई व्यवस्थित एवम् स्वास्थ्यमैत्री ढङ्गले प्रवाह गर्ने व्यवस्था गरिनुपर्दछ, जसबाट सेवा प्रदायक र सेवाग्राही दुवै संङक्रमणबाट सुरक्षित रहन सकुन । सार्वजनिक सेवामा सार्वजनिक सेवा प्रदायक कर्मचारीले जवाफदेहीता, नियमितता, पूर्वअनुमानयोग्य, पारदर्शिताका आधारमा प्रवाह गर्नुपर्दछ । विशेष गरी सेवा प्रवाहमा महामारीको कारण हुने विनासको प्रतिरोध गर्न दृढ सोच, तत्काल रचनात्मकता र नविनता आवश्यक देखिन्छ ।
सार्वजनिक कर्मचारीहरु जसले जिम्मेवार, समान र मानवताका साथ सेवाहरु प्रदान गर्दछन, सरकारको विश्वसनीयता बढाउन मद्धत गर्दछ र यसले परिणाम स्वरुप जनतामा विशवास बढद्छ । कोभिड–१९ महामारीले आफनै जीवनमा निम्त्याएको खतराहरुको सामना गर्न सार्वजनिक सेवाहरुको संकल्पले सरकारलाई जनताको जीवनको ख्याल राख्ने र हेरचाह गर्ने काममा ठूलो योगदान पुर्याएको छ ।
त्यसैले कर्मचारीहरुको चलिरहेको कामले धेरै ठाउँमा सरकारको विश्वासको भावना जगाएको छ । यधपी यस विश्वासको विस्तार धेरै हदसम्म महामारीको विरुद्ध सघर्ष सफल हुनेमा निर्भर हुन्छ । राज्यको वैधानिकता, सरकारको विश्वसनयिता र जनताको विश्वास निर्माण र वृद्धि गर्नु कर्मचारी दायित्व हो ।
क्वारेन्टाइनको निर्माण एव व्यवस्थापन गर्ने, आइसोलेशनको व्यवस्थापन, स्रोत साधन प्रभावकारी परिचालन एव व्यवस्थापन, सही सूचनाको प्रवाह गर्नुका साथै गलत एव भ्रामक सुचनाको खण्डन गर्ने, समाजमा शिक्षा सचेतनाको विस्तार एव अभिवृद्धि गर्ने भूमिका कर्मचारीको रहेको छ ।
विकासात्मक कार्यलाई निरन्तरता दिनु, सामाजिक सुरक्षाको प्रत्याभूति गराउनु, राज्यको आर्थिक स्रोतको पारदर्शी, मितव्ययी एव औचित्यपूर्ण तरिकाले परिचालन गरी आर्थिक अनुशासन कायम गराउनु, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी एव स्वास्थ्यमैत्री ढङ्गले प्रवाह गर्नु, जनताका जनगुनासाको तत्काल सुनुवाई एवम सम्बोधन गरी यस महामारीको अवस्थामा जनतालाई सुख एवम सुशासनको वोध गराउनु साथै महामारीलाई जित्नका लागि जनतासँग हातेमालो गर्दै जानुपर्ने दायित्व कर्मचारीको रहेको छ ।
त्यसैगरी कन्ट्रयाक्ट ट्रेसिङ गर्ने यस महामारीबाट पाठ सिक्दै भविष्यमा आइपर्ने अन्य महामारीसँग लड्न पूर्वाधार तयार गर्ने, स्वास्थ्य सेवालाई थप व्यवस्थित र वैज्ञानिक बनाउदै आधुनिक मोडेलमा लैजानुपर्ने सरकारका काममा सरकारलाई सहयोग गर्ने जिम्मेवारी एवम भूमिका कर्मचारीको रहन्छ ।
निष्कर्ष, मानव जातिले यतिबेला असाधारण संकटको सामना गरिरहेका छन् । कोरोना भाइरसले निम्त्याएको यो संकटको सामना गर्न विश्वभरका देशहरु आफनो सम्पूर्ण सामाथ्र्य लगाइरहेका छन । यस संकटले हाम्रो देशलाई पनि सम्पूर्ण रुपले प्रभावित बनाइसकेको छ ।
तीव्र गतिमा फैलिएको यस महामारीले हामीलाई समयमा सचेत गराएको थियो तर विडम्बना हामीले पाएको समयको सदुपयोग गरी वैज्ञानिक कार्ययोजना ल्याउन असफल भयौ । कर्मचारी सयन्त्र पूरै निस्कृय भयो स्वास्थ्य सामाग्रीहरुको हाहाकार भयो, स्वास्थ्य सामग्री खरिद र राहत वितरणमा कर्मचारीलाइ आर्थिक हिनामिना गरेको आरोप लाग्यो, कर्मचारी माथि लागेका यस्ता आरोपलाई चिदै कोरोना नियन्त्रणमा रचनात्मक एव नेतृत्वदायी भूमिका खेल्नुपर्ने अवस्था छ ।
वैज्ञानिक नीति निर्माण र यसको कार्यान्वयन गर्ने देखि लिएर सार्वजनिक सेवाप्रवाहलाई निरन्तरता, दैनिक एव विकासात्मक कार्यलाई चालु राख्ने, कोरोनाबाट बच्ने उपायको पालना गर्ने गराउने, सामाजिक चेतनाको अभिवृद्धि गर्ने, जनताको सरकार प्रतिको विश्वास कायम गर्ने साथै आफनो सम्पूर्ण जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । त्यसका लागि कर्मचारीहरु दक्ष, उतरदायी, पारदर्शी, जवाफदेही, मितव्ययी, कर्तव्यनिष्ठ, कुशल, नेतृत्वकर्ता, सहयोगी हुनुपर्ने देखिन्छ ।
कर्मचारीले कुशलतापूर्वक एवम जिम्मेवारीपूर्वक आफनो भूमिका निर्वाह गरेमा कोरोना नियन्त्रण एवम रोकथाम भइ यस महामारीबाट सिर्जित नकरात्मक प्रवाहलाई हटाउँदै दीगो विकासका लक्ष्य प्राप्त गरी समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकाँक्षालाई साकार गर्ने तर्फ राष्ट्र अगााडी बढ्नेछ ।
(लेखक रिजाल–खोटेहाङ गाउँपालिकाकी खानेपानी तथा सरसफाई टेक्निसियन हुन् ।)