तेलमा डुबेर दिप दिदा पनि,
आफै खरानी हुनु पर्दो रहेछ,
आफु भित्र आफैलाई मारेर यहाँ,
अरुलाई नै सजाउने रीत मानु पर्दो रहेछ,
खै यो नियतीको थितिमा बसेर,
निमुखो नै हुनु पर्दो रहेछ।
आफ्ना हातमा शक्ति नहुँदा,
नदेखे झै हुनु पर्दो रहेछ
चाल मारेर घरमा पसेयौं
भण्डाका राम्रा चीजमै आँखा लगायौ
खै यो नियतिको थितिमा बसेर,
निमुखो नै हुनु पर्दो रहेछ।
फेरी पनि पल पल चोट लगे पनि हास्नै पर्ने,
दुनियाँलाई राम्रो भन्दै हिड्न पर्दो रहेछ,
वा आलोचना गर्ने भन्दा यहाँ,
तारीफ गर्नेसग डराउनु पर्ने रहेछ,
संघर्ष गरेर फुल्यौ के गर्ने
अर्केको हात पर्दो रहेछ,
खै यो नियतिको थितिमा बसेर,
निमुखो नै हुनु पर्दो रहेछ।
अनुकुलतामा रमाउने आफ्नाहरु
प्रतिकुलता सँगै पराई भए,
समुहमा जोडेर खानेहरु बढे
अनि आफै भित्र एक्लो बनाए,
खै यो नियतिको थितिमा बसेर,
निमुखो नै हुनु पर्दो रहेछ।