बिरवल खड्का
प्रतिकुलताले थिचिएका बिचारहरु भित्र,
कच्चा थिए सम्बन्धका साईनोहरु।
मायामा गासीएका मनहरु जसरी भित्रभित्रै,
बिछोड र बेदनाको पीडामा थिए।
दम्भले भरिएका ती शब्दहरु
जहाँ सामान्तीको झलक थियो।
पीडाको हासौ भित्रका आसुहरु,
तडपिएका आत्मासँग थिए।
कुर शासकका निर्णयहरु शासीतमा पोखिएका,
असत्यलाई न्याय भन्नु पर्ने पर्खाल भित्र थिए।
बुझ्न नसक्ने अक्षरका शब्दहरु भित्र
पापहरुको रङ्गले सजाईएको धर्म थियो।
सत्ताको दम्भसगै जोडिएको माहान्ता,
सामाजिक मर्यादा केबल तिनै शब्दमा थियो।
ती सबै सबै प्रतिकुलतामा चिरिएका,
घटना र प्रतिघटना सञ्जाल थिए।
आशाका किरणसगै सजिएका संभावना भित्र,
अनुकुलताको आशामा पर्खिएका मनहरु थिए।
विम्भ र प्रतिबिम्भका आकृतिहरु,
वास्तविकता र सत्य भन्दा बहिर थिए
बिकृत मानसिकताले भरीएका मास्तिकहरु
बदला र षड्यन्त्रका योजनामा थिए।
बाटोमा रोकीएका पाईलाहरु,
गन्तव्यको सपना देखिरहेका थिए।
प्रतिकुलता भित्रै रहेका समूहहरु आफैभित्र गुमसिए,
एकले अर्काको अस्तित्व मेटाउने अनकुलता पर्खाईमा थिए ।