शुक्रवार, भाद्र २६ गते २०८३

तिमी र म

तिमी र म

रोदिक खबर

२५, कार्तिक २०७९
  • 7.0K
    SHARES
  • तिमी  र म

    कुमारबाबु बस्तेत

    तिमी  अन्नलाई भात भन्छौ !
    तर म अन्न भन्छु।

    तिमी अघाउँदा पनि खान्छु भन्छौ !
    तर म खान्न भन्छु।

    तिमी  सभ्यतालाई जात भन्छौ !
    तर म जातलाई पनि सभ्यता नै मान्छु।

    तिमी बिचारलाई निचार (थिच/दबाउन) भन्छौ 
     तर म बिचारलाई निकास ( मिलन बिन्दु) भन्छु।

    नबेचौ न  सभ्यतालाई जातसङ ।।।
    नसाटौ न अन्नलाई भातसङ ।।।२।

    तिमी  बोलिमा सभ्यता भन्छौ१
    तर सभ्यताकै खिलाप जात बेच्छौ।२।
     
    तिमी  नाराको सभ्यता खोज्छौ ! 
    तर म सारा (सबै) को सभ्यता रोज्छु ।२।

    तिमी जातभित्रको सभ्यताको मान खोज्छौ  !
    तर म धेरै हातहरु सहितको सम्मान रोज्छु ।।।

    छोडिदेउ तिमी  सभ्यतालाई जातमा बाड्न ।।
    अनि छोडिदेउ तिमि जातको नाममा समाज भाँडन ।।।।२।

     म सधैं लडने छु त्यहीँ (तिमीले चाहेकै) चिनारीको लडाइँ ।।।
     अनि सङै गरौंला एकसाथ हर्स बढाई ।।।।।२।

     तर तिमीले सभ्यता भनेको जात होईन भन्नु पर्नेछ।
    तिमीले खनेको जातीय खाडल अनि मात्रै टर्नेछ ।।२।।।
     अनि मात्रै ।।।।छ।

    सेवा/ हौवा/फ्याफुल्ला/ तारेमाम/नमस्कार 🌺🙏

    प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - ०७:२८:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको