कथा भित्रको व्यथा 

कथा भित्रको व्यथा 

रोदिक खबर

५, कार्तिक २०७७
  • 5.6K
    SHARES
  • कथा भित्रको व्यथा 

    उमेरमा उनि त्यस्तै सोह्र बर्ष पार गरेकी हँुदी होलिन, परिवारकी माइली छोरी अनि जन्म क्रममा पाँचौ सन्तान । मेखबहादुर एउटा गरिव परिवारको मियो हो । उसको आर्थिक अवस्था दयनीय नै छ ।

    रातदिन काममा घोटीरहँदा पनि मुस्किलले चार महिना मात्र उसको कमाइको अन्नले त्यो ठूलो परिवारको चुल्हो बल्छ अनि कमाइ काज नभएको बेला पल्ला घरे साहुँको किरानाको भारी बोकेर नै उसको जीवनको पचासौँ वशन्तहरु अभावै अभावमा व्यतित भैसकेका छन् ।

    एउटा फुसले छाएको एक तले घर, लिउन उप्किसकेको अनि दक्षिण तिरको गारो भत्किन थालेको, चुहुने छानो लेउ लागि सकेको आगन दलान र घरको नजिकै रहेको भत्किन लागेको एउटा कटेरा जहाँ दुईवटा बुढा बाख्रा र एउटा गाई अनि सानो बाच्छो यति नै हो उसको घरको सामान्य भौतिक हुलिया ।

    घरमाथि सानो पोथ्रे जंगल र घरमुनि एक हलको मेलो पाखो बारी, धान खेती छैन उ चाडपर्व अनि आवश्यक पर्दा तराइका प्याकेट चामलबाट जीवीका चलाउछ, प्रत्येक पटकको हिडाइमा साहुँको भारीको माथिबाट चार केजी जतिको आफ्नो सानो पोको बोकेर । उसकी श्रीमती दिब्या त्यहि मुरली साहँुको पर्म गरेर बिहान बेलुकाको छाकटार्न सकेजति भरथेग गर्छिन ।

    दुई भाई छोराहरु पखेटा लागेपछि मुग्लान भासिएका अहिलेसम्म मरेको बाँचेको खोट खबर अनि चिठी चपेटो केहि थाहा छैन । जेठी छोरी गौरीका आशाबारीको जेठा बा कोमा काम गर्न बसेको धेरै साल भैसक्यो । जसोतसो आफ्नो जीउसम्म पालेकी छ । उतै बस्छे चाड्बाडमा कहिलेकाहीं मात्र घरमा टुप्लुकिन्छे्र ।

    कान्छी छोरी मिना भर्खर पाँच वर्ष पुरा भएर छ बर्ष लागि अनि अलि लठेब्री, ग्वाची पाराकी छ । उसको ठूलो घात त्यहि सानी काखकी छोरीमाथि मात्र छ, यसलाई कसरी  हुर्काउने अनि यसले कसरी गरि खान्छे र यसको हबिगत कस्तो होला भनेर । हरेक कुरा लुकाउन सजिलो हुने तर गरिबी अनि अभाव र ब्यथा लुकाउन नसकिने उसको ठहर छ, यो बाध्यता अनि विवसता पनि हो ।

    घरको सानो तिनो काम सघाउने अनि अरुको मेलापात र अराई बोलाई गर्ने त्यहि माइली छोरी उसको लागि हन्मेर्नु भएकी छ । यसो गर बिना उसो गर बिना सबै भित्रि काम उसैले नै गर्छे त्यही भएर उसकी श्रीमती अरुकोमा काम गर्न मनग्ये फुर्सत पाएकी छिन ।

    सम्पन्न परिवारमा र ठूलो कुल घरानामा जन्म लिने खालकी बिना सलक्क जिउ परेकी, गोरी, लामो लामो केसरासी भएकी, खाइलाग्दी अनि बत्तीसै लक्षणले युक्त भएकी छ । गरिबी र अभावको भूमरीमा जन्मेकी हुनाले उसले आजसम्म स्कूल अनि पढाईको कुनै अवसर नै पाइन तर पनि उ धूर्त अनि चलाख नै छे भनेको कुरा चाडो टिपी हाल्छे ।

    उसको शारीरिक अवस्थाको अनि सौन्दर्यको बयान गरेर साध्य छैन उ धेरै राम्री, शिल स्वभाव भएकी छे, अनारको दानाजस्ता टम्म मिलेका दातहरु, पिपल पाते ओठ, काला ठूला आँखा अनि लामा लामा गाढा परेला, सर्लक्क परेका अनि लामा मोटा हात पाखुरा, सलक्क परेका औलाहरु, हातिको सुडालजस्ता खुट्टा, सानो बारुले कम्मर, चौडा नितम्ब, पुष्ट छाती, उज्यालो अनि हेरी रहू जस्तो चेहरा, लामोघाटी अनि मिलेको नाक जहाँ सानो टिके फुली लगाएको र कानमा पहेला रंगका झुम्काले उस्तै सौन्दर्यता थपेको छ्र सामान्य टिपिकल गाउँले पहिरन, उनमा भएको सबै सुन्दरता अनि निखारपन प्राकृतिकपन हो उनमा केहि पनि कृत्रिमताको लेस छैन, गाउका सबैहुने खानेका छोरीहरु उनको सुन्दरता देखेर गम खान्छन अनि कुरा काट्छन, कोहि रिस अनि डाहले आफै जल्छन र कोहि भुत्तुक्क हुन्छन त कोहि थुक निल्छन ।

    यदि उनि एउटा कुल घरानामा जन्म लिएकी भए आज सिनेमाको पर्दामा देखिने कुरामा दुई मत थिएन, त्यसमा पनि अझ पढाइ थपिएको भएमा लाखौमा एक हुन सक्ने कुरामा कुनैशंका थिएन । उनको प्राकृतिक सुन्दरता देखेर गाउँका सबै युबाहरु अवाक्क हुन्छन अनि कोही लुकीलुकी उनलाई घन्टौसम्म हेरीरहन्छन, कोहि जिस्क्याउँछन् त कोहि मगनीको लागि प्रस्ताब लिएर आउछन ।

    एक पटक त सिरान घरका जेठा बा को नाति विवाहको प्रस्ताव लिएर नै आएको थियो, कुटुम्ब उम्काउन नहुने खालको थियो, पढालेखा भएको, घरको जायजेथा राम्रो भएको, इमान्दारी अनि धनि पनि थियो, तराइमा तीन विघा माटो भएको थियो तर आफ्नो घरको अवस्था अति कमजोर अनि भोलिका दिनहरुमा सिङ जोड्न नसकिने अनि उसको मान मर्यादा पु¥याउन नसकिने भनेर उनका बाबुले नै अस्विकार गरिदिएका थिए्रयसबाट उनलाई धेरै मानसिक चिन्ता रधेरै पिर परेको थियो ।

    कसोकसो उनीपनि उसलाई भित्रभित्र मनपराउन थालेकी थिइन तर आफ्नो आर्थिक औकात नभएकोले उनले भित्रि सबै पीडाका ज्वारभाटाहरु लुकाएर बाहिरी सुखा अनि सुस्क बनावटी हाँसो मात्र देखाएर आफ्नो दिन चर्याहरु  गुजारीरहेकी छिन । अहिले उनि सत्र बर्ष पुरा भएर अठारमा लम्किदै गरेकी छन् ।

    उनको सौन्दर्यमा थप निखार आउदै थियो अनि कता कता बैसको झोक्काले आफैलाई काउकुती लागेजस्तो भान हुन्थ्यो अनि लुकी लुकी ऐना हेरेर आफै मुस्कुराउने गर्थिन । आफ्नो शारीरिक रुप, अवस्था अनि परिवर्तन हेरेर कौतुहलता धेरै अनि थोरै लाज लागेको महसुस गर्थिन । छातीमा हुर्किएका पुष्ट हिमशिखर आफै हेरेर दंग पर्थिन अनि आफै सग विभिन्न सबाल राख्दै आफै जवाफ दिने गर्थिन ।

    अस्ति महिनावारी हँुदा त उनलाई ठूलो आश्चर्य अनि कौतुहलता भएको थियो । हष्टपुष्ट अनि मोटो घाटो तल्ला घरको कान्छो देख्दा उनलाई कता कता अनौठो र रमाइलो अनुभव हुन् थालेको थियो । जिउमा अनौठो तरंग प्रबाह हुन्थ्यो, उनि लामो समयसम्म परपुरुष देखेर एकोहोरो नियाल्न थालिसकेकी थिइन् ।

    अझ उनले नयाँ कपडा लगाएर अनि शृंगारका सबै समान प्रयोग गरेर हिड्ने हो भने पक्कै स्वर्गकी अप्सरा नै पो झरेकी हुन् भन्ने भान सब कोहीलाई पर्न सक्थ्यो । उनको सुन्दरताको वर्णन गर्न स्वस्थानी कथामा वर्णित हजार जीभ्रा भएको शेष नागले त सक्दैन थियो होला हामी सामान्य मानिसले कसरी सक्ने जस्तो कुरा प्रष्ट थियो  ।

    गरिबी अनि अभाव सबै भन्दा दुष्ट सत्रु हुँदो रहेछ यसैको कारण सबैको सोच अनि चाहना अपूर्ण हुने अनि आफ्ना इच्छा र चाहनाहरु दबाएर राख्नु पर्दो रहेछ  । धेरै मानिसहरु यो महाकष्टबाट पीडित हुँदा रहेछन । बिनालाई पनि भएको यहि हो धेरै सम्पन्न अनि कुल घरानाबाट आएका कुटुम्बहरु पनि उनको घरको हविगत देखेर हैसियत नमिल्ने भनेर छोडेर हिड्थे यसबाट अड्कल गर्न सकिन्छ कि उनलाई कति मानसिक पिडा र छट्पटी  परेको थियो भनेर ।

    चिन्ता कष्ट अनि बेचैनीका साथ जसोतसो समय व्यतित हुँदैछन बिनाका अनि उनि भावी जीवनको बारेमा अनिर्णयको बन्दि बनेकी छन । माघको सिरेटोले राम्रै गरि राज गरिरहेको थियो उनि पधेराबाट पानी ल्याइसकेर मकै भटमास खादै गाईलाई घास काट्न जंगल हिडीन, उही ठुलो डोको अनि हसिया बोकेर उनको तन त सद्दे थियो तर मनमा बेचैनी थियो कसैले चोरेर लगे जस्तो, मोहनी हराएको सर्प जस्तो अनि फुंग उडेको बसाइ हिडी सकेको उजाड घर जस्तो फिका अनि बोझिलो भएको थियो ।

    उनको शरिरभोक तिर्खा अनि निद निकै अगाडी देखि नै उनको बहसमा थिएनन अनि सोचाइ, बोलाइमा अनि काम गराइमा नितान्त फरकपन देखिदै थियो उनको यस्तो अनौठो व्यवहार अनि चालचलन देखेर उनकी आमा कहिले काही श्रीमानसँग उनको बारेमा कुरा गर्थिन अनि उपयुक्त केटा मगनी गर्न आएको अवस्थामा बिबाह गरिदिनुपर्छ भनेर करकर गरिरहन्थिन तर मेखबहादुर लाई बिहान बेलुकाको छाक टार्न हम्मेहम्मे भएको थियो अनि लामो सुस्केरा हाल्दै भन्ने गर्थ्यो केले विवाह गर्ने अनि कसरी अन्माउने यस्तो बिकराल समस्याका बाबजुद ।

    उसलाई पनि ठूलो पिडा अनि ग्लानी थियो कि उसले बाबु हुनाको कुनै भूमिका र जिम्मेवारी निभाउन सकेको थिएन यो कुराले उ ठाडो शिर बनाएर गाउँघर तिर हिड्न सक्दैन थियो  । उनकी आमालाई पनि यो कुराले कम चासो अनि चिन्ता दिएको थिएन तर उनि सबै कुरा मनमा राखेर या भनौ दुख लुकाएर बनावटी हासो फिसिक्क हास्थिन ।

    कहिलेकाही त उ काल लाई सराप्थ्यो अनि भन्ने गथ्र्यो कि यो काल पनि किन उनीहरुको झुपडीमा नआएको र उनीहरुलाई एकै चोटी लान नसकेको होला ? कति निष्ठुरी बनेका ेहोला ?

    बिना अबेरतिर घासको भारी लिएर घर आइपुगिन, उनीहरुको सिकुवामा केहि मानिसहरु बसिरहेका थिए अनि गफमा व्यस्त थिए उनीहरुमध्ये एक जना खाइलाग्दो अनि सुकिलो मुकिलो थियो उसले देशी पेन्ट लगाएको थियो, लामो कपाल अनि टाउकामा कालो चश्मा थियो भने काला रंगका छालाका डिङोजुत्ता लगाएको थियो उसको हरेक बोलीमा कता कता भारतीय लबज आउथ्यो र घरिघरि लुकीलुकी बिनालाई पिलिक्क हेथ्र्याे र मुसुक्क हास्थ्यो, हास्दा उसका नमिलेका र पानगुट्खाले कालो धब्बा लागेका छिचरा दातहरु देखिन्थे ।

    झुक्किएर आँखा जुझ्दा बिना सरमले रातो पिरो हुन्थिन अनि मुन्टो फर्काएर अन्तै नजर लाउथिन । उनकी आमाले जस्केलाबाट पैचो चामल छिराएर उनीहरुलाई जसोतसो पाहुना टारिन अनि बिनाको अनुपस्थितिमा के के हो कुरा गरि रहे । बिना भने बाख्रालाई स्याउला लिनको लागि नजिकैको जंगलमा खुर्पा र नाम्लो बोकेर हिडीन ।

    उनको मनमा अनेकथरि कुराहरु खेल्न थाले आखिर यिनीहरु को हुन ? किन आए ?कहाँबाट आए ?बिना फर्किएर आएपछि पो प्रष्ट बुझिन त्यो मानिस त उनीहरुको सामान्य चिनजानको अनि लामोसमयदेखि भारतको गुजरातमा श्रमिक काम गर्ने गरेको पल्ला गाउँको केटा रहेछ ।

    पढाई लेखाइ कम भएको तर प्रत्येक बोलीमा हिन्दी अनि कतैकतै अंग्रेजीका नबुझिने शब्द मिसाउथ्यो । उबेला अहिलेको जस्तो केटाकेटीको हेराहेर अनि बुझाबुझ तथा बोलचाल हँुदैन थियो । बाबुआमाको निर्णय अन्तिम हुन्थ्यो । बिना पनि त्यहि निर्णयको भुमरीमा रुमलिन बाध्य भइन । आखिरीमा उनको विवाह त्यहि केटोसँग आउँदो फागुन महिनामा हुने कुरामा दुई पक्षबाटै छिनोफानो भयो । कुरा छिनियो, टीको ालो गरियो अनि केटा पक्षहरु बिदावारी भएर आफ्नो बाटो लागे ।

    बिनालाई त्यो रात निन्द्रा परेन उनि लामो समयसम्म सोचमग्न भइन र हाइ काड्दै र कोल्टे फर्किदै रात बिताईन । त्यो केटो उनको खासै चिनजानको थिएन अनि उसको अनुहार तथा व्यवहार दिउसैदेखि उनलाई मन परेको थिएन किनकि उसमा धैर्यता अनि गम्भीरता पटक्कै थिएन । बेसरम टाउको हल्लाउथ्यो अनि पटकाउथ्यो, चोरको जस्तो यताउति पल्याक पुलुक गथ्र्या ।

    सानो प्याकेटबाट खै के हो निकालेर खान्थ्यो अनि पछाडी फर्केर पिचिक्क पिचिक्क थुक्थ्यो, समग्रमा बिनालाई उसको आचरणप्रति पुरै शंका लागिसकेको थियो बाबुआमाको निर्णय उनि कदापि नकार्न सक्दिन थिइन । विवाह गर्दिनभन्दा बाबुआमाको इज्जत र बोलीमा ठेस लाग्ने हुर्मत गरिने अनि विवाह गर्दा पनि भोलिको आफ्नो भविष्य अध्यारो र अन्योल हुनसक्ने कुरामा उनी पक्कापक्की थिइन ।

    दोस्रो रात के गर्ने के नगर्ने भन्ने कुराले उनीलाई आधारातसम्म पिरोली रह्यो एक मनले त भागेर मावल जाने सोचिन अर्को मनले आत्महत्या गर्नेपनि सोच्न भ्याइन तर अन्तिममा जे भएतापनि बाबुआमाको इज्जतको लागि भएपनि विवाह गरिदिने कुराको निधो गरी चार प्रहर रात कटाइन ।

    समय बित्न बेर लाग्दैन तोकिएको दिन आयो अनि नजिकै रहेको भगवतीको मन्दिरमा गच्छे अनुसार उनीहरुको धुमधामसँग परम्परा अनुसार विवाह भयो । उनि अन्मिएर पराइको घर रुदैँरुदैँ गइन । लामो बाटो अनि थाकेर बेलुका अबेर उनीहरु दुलाहाको घर पुगे अनि चलन अनुसार उनलाई विधिपूर्वक भित्र्याइयो ।

    माइतपट्टि अभाव अनि गरिबीमा संघर्ष गरेकी बिना श्रीमानको घरमा त एक पेटखाने अनि एक आंगराम्रो लुगा लगाउने मात्र उनको शोख थियो किनकि उनका सबै चाहना अनि शोखहरु माइती घरमै दुख सग घोलीइ सकेका थिए ्र बिबाह पछिको रमाइलो मधुमासको ठुलो कल्पना अनि सोचमा डुबेर अनेक रोमाञ्चक कल्पना गर्दै आफ्नो बेडमा श्रीमानलाई इन्तजार गरि रहेकी थिइन् ।

    उ भने पहिलो रातमै नशा सेबन गरेर अर्ध होस अवस्थामा कोठामा प्रवेश ग¥यो अनि बत्ति निभाएर केही नबोलीभित्तातिर फर्केर भुसुक्क निदायो । यतिसम्म पनि बिनाले सहन बाध्य भईन । आशा गरिन भोलि पर्सिबाट अबस्था सामान्य हुँदै जाला । भोलिबाट नै प्रदेश जाने, छुट्टी छोटो भएको गानगान गुनगुन सुन्दा उनको होस् हवास उड्यो किनकी उनि टाढा भनेको उही मावलीघर मात्र पुगेकी थिइन ।

    पढालेखा नभएकी सोझी हुनाले आफ्नो श्रीमानकोपछि लागेर उनि शहर जान सजिल्यै राजी भइन । भोलिपल्ट झिसमिसेमै उनीहरुले बाटो लिए । पैदल, गाडी र रेलको अनबरत यात्रा त थकानपछि उनीहरु एउटा शहरमा पुगे, बिनालाई यो कुन ठाउँ हो भन्ने कुराको कुनै लख भएन । एउटा सामान्य कोठामा राखेर आफ्नो डेरा यहि हो, बस्दै गर है भनेर उनको श्रीमान अफिस जानुछ भनेर हिड्यो ।

    केहि समय पछाडि एउटी मोटी, खाइ लाग्दी राक्षसजस्ती काली महिला आएर हिन्दी भाषामा उनलाई खै के के भन्दै अर्को कोठामा लगेर बस्न लगाई जहाँ एउटा बेड, च्यातिएको अर्धानोतन्ना, टेबल, कुर्सी, भित्तामा सानो ऐना अनि ढोकाको छेउमा फोहोर फाल्ने पहेलो बाल्टी थियो ।

    बाल्टीको वरिपरी रातो छिटा छरपष्ट थियो सायद पान खाएर थुकेको हुनुपर्छ । नजिकैको दराज उघारेर हेरिन त्यहाँ त चुरोट, पेय पदार्थ अनि नरम प्लास्टिक जस्ता साना थैलाहरू थिए । उनले चिन्न सकिनन् अनि मनमा अनेक तर्कना गर्दै श्रीमानको पर्खाइमा भोकै बसिरहिन । उनको कालो रात्रि अनि दशा सुरु भएको रहेछ ।

    केहि समयपछि एउटा गजधुम्म परेको अनि जुँगा दाह्री पालेको अग्लो खाइलाग्दो कालोमोटेभित्र छिरेर खै हिन्दीमा के के बोल्दै उनको समिपमा आएर मदिरा पिउदै अनि चुरोट बेसुरले उडाउदै आफ्नो निच हर्कत देखाउन थाल्यो ।

    बिचरा सोझी बिना आफ्नो बल र बुत्ताले भ्याएसम्म प्रतिकार गरिन, रोइन, कराइन, छटपटी गरिन, चिच्याइन तर त्यो भीमकायराक्षसी दानवको चंगुलको अगाडी उनको केहि जोरचलेन अनि रुदै आफ्नो शरीर सुम्पिन बाध्य भइन, उनको सोच, आशा, कल्पना अनि विवाहपछि हुने रोमान्चित अनुभूति यहि नष्ट भयो, धुजाधुजा भयो, जिजिविसामा तुषारापात भयो ।

    उनि रोइन, कराइन, चिच्याइन, बाउआमा सम्झिन, श्रीमानलाई गुहारिन तर त्यहाँ कोहि उनको उद्दारमा उपस्थित भएन, मात्र जिरो वाटको मधुरो बत्ती, उराठिलो साघुरो कोठा अनि उहीँ दानबीपिपासु, विवस भएर रुनुको केही विकल्प रहेन ।

    भोलि पर्सि निकोर्शी यसै गरि उनको शरीरमा खेल्ने पिपासुहरु पालो गरि गरि आउँन थाले तर उनको श्रीमान् भनाउदो पाषाण हृदय भएको नरपिचास एक दिनपनि फर्केर आएन । बल्ल पो बुझिन उनि त वेश्यालयमा आफ्नै श्रीमान भनाउदाबाट बेची सकेकी रहेछिन ।

    उनको दिनचर्या अब धेरै यौन पिपासु हरुलाई तृप्ति पार्नु मात्र भयो, उनलाई पिटे, लुछे, बलात्कार गरे,यता लडाए,उता लडाए गाजे, चिथोरे, गिजोले, कोपरे भने अर्कोतर्फ भनेको बेला खाना, पानी तथा निन्द्रा समेत पाउन छाडिन ।

    उनको कहाँलीलाग्दा रातहरु, नारकिय जीवन भोगाइको कारण छोटो समयको अन्तरमै यो काल कोठरीमा उनलाई पत्तै नपाइ एड्स भन्ने यौन महारोग लागेपछि दुष्ट र कठोर हृदय भएकी कोठरी वालीले कुट्दै लछारपछार पार्दै त्यहाँबाट पनि निकाली दिएपछि उनि बम्बईको गल्लीगल्लीमा मानसिक सन्तुलन गुमाएर भौतारिदै, जुठो फोहोर खाँदै अनि भुस्याहा कुकुरहरुको समुहमा बस्दै, सुत्दै, भोक र रोगले बेहोस भएर छोटो समयमै देह त्याग गरिन भन्ने सुनियो । लेखक खत्री भगवती नमुना मावि खोटाङबजारका शिक्षक हुन् ।)

    प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - ०६:२२:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको