जती लिएर आयो त्यति नै पाउने छौँ

जती लिएर आयो त्यति नै पाउने छौँ

रोदिक खबर

३, मंसिर २०७७
  • 5.6K
    SHARES
  • जती लिएर आयो त्यति नै पाउने छौँ
    जती लिएर आयो,
    त्यतिनै पाउने छौ,
    तर पनि खै किन,
    यति धेरै खोज्छौ ?
    धेरै पाउने आशामा
    किन लड्छौ यहाँ।
    आखिर पाउने त्यति नै हो।
     
    कति थुपार्छौ को नी,
    पुग्ने हो कति ले ?
     कमिशन खाऊ,भ्रष्टाचार गर
    के गर्छो हेमराजले घुुुुस नखाने रहेछन्?
    सिमा नराखे पनि अन्त्य निश्चय रहेछ,
    तनाब र चिन्ता भित्र,
     किन बाच्छौ यहाँ ?
    जिउदो रहेर यो संसारबाट,
     गएका  छैन कोही ?
    गन्तव्य निश्चित भएपनि,
    पैदल वा सवारीमा जाऊ
     समय अगि पछि होला,
    आखिर पुग्ने ठाउ उहीँ हो।
     
    जीवन लिएर संसार आउँदा
     पनि रोहेर आयो 
    जीवन छोडेर जादा पनि
     रुहाएर गयो।
    किन गर्छौ तछाड मछाड,
    ठाउ न तिम्रो न मेरो घाट एउटै हो
    सबै जल्ने दाउराले नै हो 
    नजल्ने भए पनि आखीर मिल्ने माटैमा हो।
                                         धनकुटा हाल:कतार।

    प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - २१:०७:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको